बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २३ असार । राष्ट्रिय जनता पार्टी नेपालले बाढि, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालको शनिबार बसेको राजनीतिक समितिको बैठकले तराईलगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान भएकोमा चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

बैठकले तराईका विभिन्न जिल्लामा बाढी र डुबानका कारण भत्किएका संरचना तत्काल बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको नेता अनिलकुमार झाले जानकारी दिए ।

तीन दिनयता जारी राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी, पार्टी संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल केन्द्रित रहेको छ । नेता झाले बैठकमा सरकारका पछिल्ला काम कार्वाहीका बारेमा पनि नेताहरुले समिक्षात्मक टिप्पणी गरिरहेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);