लोकतान्त्रिक फोरमले संगठन सुदृढ बनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लोकतान्त्रिक फोरमले संगठन सुदृढ बनाउने

काठमाडौं, ८ भदौ । लोकतान्त्रिक फोरमले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्नेगरी संगठन सुदृढ बनाउने निर्णय गरेको छ ।

 

पार्टीको बिहिबार सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा बढिभन्दा बढि मत ल्याउने गरी संगठनलाई सुदृढ बनाउने निर्णय गरेको हो ।

 

प्रदेश नम्बर २ पार्टीको आधार क्षेत्र समेत भएकाले यसको परिणाम पार्टीको पक्षमा ल्याउनेगरी संगठन सुदृढिकरणको कामलाई अघि बढाउने निर्णय गरिएको पार्टीका सहमहामन्त्री शम्भुहरि बास्तोलाले जानकारी दिए ।

 

आगामी असोज २ गते प्रदेश नम्बर २ अन्तरगतको १ सय २७ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । बैठकमा नेताहरुले जनतालाई पार्टीको पक्षमा आकर्षित गर्नेगरी जनपक्षीय काम गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

 

नेपाल लोकतान्त्रिक फोरमले बाढि, पहिरो र डुबान पीडितलाई तत्काल राहत र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।

 

बाढि, पहिरो र डुबान पीडितलाई राहत र मृतकका परिवारलाई उचित क्षेतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरिएको सहमहामन्त्री बास्तोलाले जानकारी दिए ।

 

बैठकमा पार्टी अध्यक्ष एवम् कार्यबहाक प्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारले बाढि र डुबान पीडितलाई राहत दिने कार्यक्रमलाई तीव्र गतिमा अघि बढाएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);