गणतन्त्रलाई संस्थागत गर्न माआवादी शक्तिहरु एक हुनुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

गणतन्त्रलाई संस्थागत गर्न माआवादी शक्तिहरु एक हुनुपर्छ : प्रचण्ड

देवेन्द्र पौडेल लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश –

 

काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि माआवादी शक्तिहरु एकतावद्ध हुनुपर्ने बेला आएको बताएका छन् ।

 

अध्यक्ष दाहालले माओवादी जनयुद्धको जगमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दावी गर्दै त्यसलाई जोगाउने दायित्व माओवादीकै भएको उल्लेख गरे ।

 

मंगलबार नयाँ शक्ति पार्टी, नेपाल छाडेका देवेन्द्र पौडेललगायतका नेताहरुलाई पुनः पार्टी प्रवेश गराउँदै उनले माओवादीहरुबीचको एकीकरणबाट मात्रै मुलुकमा प्राप्त उपलब्धिलाई जोगाउन सकिने धारणा राखे । उनले माओवादी विभाजन भएकै कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको बताए ।

 

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा जनताले हराएर माओवादी विभाजन गर्नेहरुलाई एकीकरण अभियानमा सरिक हुन सन्देश दिएको मत व्यक्त गरे । उनले पार्टी विभाजन गरेकाले जनताले मोहन बैद्य, बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई निर्वाचनमा हराएको र आफ्नो पार्टीलाई पनि तेस्रो शक्ति बनाएको गुनासो गरे ।अध्यक्ष दाहालले मुलुकलाई नेतृत्व दिन सक्ने एजेन्डा भएको पार्टी आफ्नो पार्टीमात्रै भएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);