राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा निलम्बित | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा निलम्बित

काठमाडौं । राष्ट्रिय खेलकुट परिषद् (राखेप)का उपाध्यक्ष लामा टेण्डी शेर्पा निलम्बनमा परेका छन्। उपाध्यक्ष शेर्पालाई युवा तथा खेलकुद मन्त्रालयले निलम्बन गरेको हो। युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले शेर्पालार्इ निलम्बन र बर्खास्तभन्दा पनि राखेपको उपाध्यक्षको हैसियतमा उनले वहन गर्दै आएको जिम्मेवारीबाट अलग गरिएको बताए।

 

‘राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पालाई निलम्बन्भन्दा पनि अदालतमा विचाराधीन मुद्दाको फैसला नहुन्जेलसम्म काममा नलगाउने निर्णय गरिएको हो,’ मन्त्री केसीले भने। भन्सार विभागले शेर्पालाई राखेप उपाध्यक्षको हैसियतमा काम गर्न नदिन पत्राचार गरेकाले उनलाई जिम्मेवारीबाट हटाएको खेलकुदमन्त्रीले बताए।

 

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले भने शेर्पालार्इ निलम्बन गरिएको विषयमा आफूले बाहिरी हल्ला सुने पनि आधिकारिक पत्र प्राप्त भइनसकेको बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);