जोगबनी नाका ठप्प, उताबाट आउने र जाने सवारी बाटोमै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जोगबनी नाका ठप्प, उताबाट आउने र जाने सवारी बाटोमै अलपत्र

पथरी, ७ भदौ । नेपाल भारत सीमा जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन्। अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गत आइतबारदेखि उक्त बाटोबाट विराटनगर आउने र जाने मालबाहक सवारी ठप्प भएका हुन्। वीरगञ्ज र भैरहवापछि बढी सामान भित्रिने नाका विराटनगर हो।

 

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष वीजेन्द्र परासरका अनुसार ट्रक, लरी र पेट्रोलियम पदार्थका ट्यांकरसमेत गरी ५०० भन्दा बढी गाडी उतै रोकिएका छन्। नेपालतर्फ मालसामान अनलोड गरेर भारततर्फ फर्किएका गाडी पनि ५०० कै हाराहारीमा छन्।

 

मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले विराटनगर नाकातर्फ आउन लागेका मालबाहक सवारीसाधनलाई तत्काल सुनसरीको भीमनगर भन्टाबारी भन्सार नाकाबाट ल्याउन सकिने बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);