‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने पूर्वयुवराज्ञी हिमानीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने पूर्वयुवराज्ञी हिमानीको घोषणा

पूर्वयुवराज्ञी हिमानी शाह

काठमाडाैं, १९ साउन । पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहनु भएकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।

पूर्व युवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढी, पीडितलाई राहत दिन पूर्व राजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रहित पुस्तक विक्री वितरणमा राखिएको पनि जानकारी दिनु भयो । हिमानी ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);