मेलम्ची बाढी पीडितलाई पुर्नस्थापना गर्न मेलम्ची नगरपालिकाद्वारा ५० लाखको कोष खडा, संकटको घडीमा सहयोग गर्न अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेलम्ची बाढी पीडितलाई पुर्नस्थापना गर्न मेलम्ची नगरपालिकाद्वारा ५० लाखको कोष खडा, संकटको घडीमा सहयोग गर्न अपिल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनसर््थापना कोष खडा गरेको छ ।

बाढीबाट विस्थापित तथा संकटमा परेको परिवारहरुलाई पुर्नस्थापना गर्न र क्षति भएका संरचनाहरु पुनः निर्माण गर्नका लागि भन्दै नगरपालिका रु .५० लाख जम्मा गरी मेलम्ची बाढी पीडित राहत तथा पुर्नस्थापना कोष स्थापना गरेको हो । नगरपालिकाले संकटको घडीमा सहयोग गर्न अपिल गरेको छ ।

मंगलबार राति मेलम्ची र ईन्द्रावती खोलामा आएको भिषण बाढीले नगरपालिकाको वडा नं.६, १० र ११ मा ठूलो क्षति पु-याएको नगरपालिकाले जनाएको छ । मेलम्ची बजारको तल्लो तटीय क्षेत्र पूर्ण रुपमा क्षति भएको पनि नगरपालिका जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);