अख्तियारको ‘स्ट्रिङ अपरेसन’को फन्दामा जवानदेखि इन्सपेक्टरसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अख्तियारको ‘स्ट्रिङ अपरेसन’को फन्दामा जवानदेखि इन्सपेक्टरसम्म

akhtiyar durupayog

काठमाडौं, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको ‘स्ट्रिङ अपरेसन’ मा नेपाल प्रहरीका हवल्दार र प्रहरी जवान धेरै पर्ने गरेका छन् । अख्तियारको पछिल्लो एक महिनाको रेकर्डमा प्र्रहरी जवानदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्म रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीको भेषमा देशभरका कार्यालयमा पुग्ने अख्तियारका कर्मचारीले पीडितको सूचनाको आधारमा स्ट्रिङ अपरेसन अभियानको रूपमा थालेका छन् ।

अख्तियारले ६ साउनमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कोसी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । काँकडभिट्टाबाट काठमाडौं चल्ने गाडी सञ्चालनमा सहजता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । उनलाई हाल अख्तियारले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
गत सोमबार मात्रै अख्तियारले घुससहित प्रहरी चौकी बगाह रूपेन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई तीन हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारले ८ असारमा प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाललाई ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालले सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ मिलाइदिन्छु भन्ने विभिन्न बहाना बनाई ७ हजार घुस लिदाँ लिदै पक्राउ गरेको थियो ।

२७ असारमा अख्तियारले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देवेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल र प्रहरी जवान निरज भण्डारी तथा नेपाल प्रहरी, २ नम्बर गण महाराजगन्जका प्रहरी जवान हिटलर साउदले सवारी दुर्घटनाको इन्सुरेन्स क्लेमपत्र बनाइदिनका लागि १ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

त्यस्तै, अख्तियारले १३ असारमा सशस्त्र प्रहरी बल, नेपाल, नम्बर ११ गण हेक्वामा हजमिनिया, रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादा पोसाकमा परिचालित सशस्त्र प्रहरी जवान अरूण झालाई नेपाल–भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);