भारतले एकतर्फी रुपमा निर्माण गरेको बाँध, तटबन्ध र सडक भत्काउन माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाण्डौँ, ९ भदौ । सरोकारवाला निकायहरुले सिमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको भौतिक संरचना तत्काल भत्काउन सरकारसँग माग गरेका छन् ।

 

सिमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध, तटबन्ध र सडकका कारण नेपाली भूमिमा डुबान र कटानको समस्या गम्भिर बन्दै गईरहेका बेला सरोकारवाला निकायले सो सम्बन्धमा तत्काल भारत सरकारको ध्यानाकर्षण गराउन सरकारसँग माग गरेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँध सरोकार राष्ट्रिय मंच, नेपालका अध्यक्ष रामलखन हरिजनले भारतले सिमावर्ती क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेको भौतिक संरचना तत्काल भत्काउने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भारतले बाँधेका बाँध र तटबन्धका कारण नेपालीहरुले ठूलो पीडा भोग्ने गरेपनि सरकार गम्भिर नभएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

 

मंचले सिमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका भौतिक संरचनाका कारण तराईका जनताले ठूलो जनधनको क्षति व्यहोर्दै आएकाले अव त्यसो हुन नदिन भारतसँग नयाँ सहमति गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले भारतले एकतर्फी रुपमा निर्माण गरेको भौतिक संरचनाका कारण नेपाली भूमिमा डुबान समस्या गम्भिर बन्दै गएकाले ती समस्या समाधान गर्न तत्काल भारत सरकारसँग संवादको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे ।

 

भारतले एकतर्फी रुपमा निर्माण गरेको बाँध, तटबन्दलगायतका भौतिक संरचनाका कारण नेपालको तराईको जमिनमा डुबान र कटानको समस्या गम्भिर भन्दै गईरहेको विज्ञहरुको पनि भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);