कपिलवस्तुको दक्षिणी भेगको खेतीयोग्य जमिन डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलवस्तुको दक्षिणी भेगको खेतीयोग्य जमिन डुबानमा

शम्भू माली
कपिलवस्तु, ४ साउन । कपिलवस्तुको दक्षिणी भेगको खेतीयोग्य जमिन डुबानमा परेको छ । सीमा क्षेत्रमा भारतले एकतर्फी बनाएको बाँधका कारण नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा परेको हो । डुबानका कारण सो क्षेत्रका स्थानीयको बिचल्ली भएको छ ।

भारतले एकपक्ष रुपमा ४ वटा बाँध निर्माण गर्दा कपिलवस्तुको दक्षिणी भेग डुबानमा परेको हो । भारतीय भूमिमा धमाधम धान रोपाइँ भइरहेको तर नेपाली भूमि भने डुबानमा परेको छ । भारतले आफ्नो क्षेत्रको १ सय २० हेक्टरमा बाँधबाट सिंचाइ गर्दै आएको छ ।

तर नेपालका जमिनमा साढे तीन फिटदेखि चार फिटसम्म पानी जमेको छ । स्थानियले २५ वर्षदेखि यस्तै समस्या झेल्दै आएका आएका छन् । बर्सेनि धान खेती डुबानमा पर्दा परिवार पाल्न कठिन भएको कृषकले गुनासो गरेका छन् ।

भारतले नेपाल सरकारको सहमति बिना एकतर्फी बाँध बनाउँदा झण्डै ७ सय बिगाहा जमिन डुबानमा परेको छ । भारतले एकतर्फी बनाएको बाँध खोल्न सरोकारवालाले माग गरेका छन् । गाउँपालिकाले बाँध हटाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

यशोधरा गाउँपालिकाको भगवानपुर, लोहरौली, मुडिला, कचरिहवा रंगपुर र भैसहिया क्षेत्र डुबानमा परेको छ । त्यस्तै मायादेवी गाउँपालिकाको बरकुल, बिजुवा, जमुनी, र हरिवंशापुर क्षेत्रको खेतीयोग्य जमिन डुबानमा परेको छ । सो क्षेत्रका स्थानीयले भारतले बनाएको बाँध तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);