'वाम गठबन्धन शानदार मत ल्याई बिजयी हुनेछ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौँ, २६ कार्तिक। एमालेका महासचिव ईश्वर पोखरेलले आगामी चुनावमा वामगठबन्धनले अत्याधिक मत ल्याई जित शानदार जित हासिल गर्ने दाबी गरेका छन्।

राजधानीमा आयोजित एका कार्यक्रममा बोल्दै उनले यस पटकको निर्वाचनमा वाम गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन्। काठमाडौ क्षेत्र नम्बर ५ का साझा उम्मेदवार समेत रहेका पोखरेलले बाम गठबन्धनलाई २ तिहाई बहुमत ल्याउनेमा कुनै शंका नभएको समेत दाबी गरेका छन्।

विगतको चुनावमा आफुले हार र जित जे वेहोरेपनि जनताको साथ रहिरहेको र विकास निर्माणका हरेक काममा साथ दिएको र दिने समेत विश्वास दिलाएका छन्। चुनाव जितेर आउने र योग्य व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने उनको भनाई छ ।

जनतालाई भ्रममा राख्ने कांग्रेसलाई साथ नदिन समेत उनले आग्रह गरेका थिए। विरोधीको खण्डन गर्दा नेपाली कांग्रेसका नेताहरु हतास मनस्थितीमा पुगेको पोखरेलको तर्क छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);