'सिएनएन हिरो' समाज सेवी अनुराधा कोइराला कांग्रेस प्रवेस | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

काठमाडौँ, २६ कार्तिक। सन् २०१० कि ‘सिएनएन हिरो’अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच समाज सेवी अनुराधा कोइराला सम्मानका साथ कांग्रेसमा प्रवेस गरेकी हुन्।

तीन दशकदेखि चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सक्रिय कांग्रेसबाट मात्रै मुलुकको आर्थिक बृद्धि र समृद्धि सम्भव भएको बताउदै पार्टी प्रवेश गरको कोइरालाले बताएकी छन्।

मुलुकलाई आर्थिक एवम् राजनैतिक समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै रहेको बताउँदै अधिकार सबै समुदायको हक अधिकार सुनिश्चित गर्न कांग्रेसले जित्न्पर्ने उनको भनाई छ।

कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउर्दै लोकतन्त्रलाई थप मजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आग्रह गरेकी छन्।