मतदानमैत्री वातावरण बनाउन सरकारसँग आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौँ, १४ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यही मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनमा आम मतदाताले निर्भीकतापूर्वक मतदान गर्ने वातावरण निर्माणका लागि थप सुरक्षा गतिशीलता बढाउन नेपाल सरकार र सुरक्षा निकायहरूसँग आग्रह गरेका छन् ।

दोस्रो चरणमा मङ्सिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताहरूका लागि निर्वाचन आयोगमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्रीको सुरक्षामा जोड दिए ।

दोस्रो चरणको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन आयोगले जिल्ला–जिल्लामा सूक्ष्म अनुगमनकर्ता खटाएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले जिल्लामा दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरे-नगरेको र मतदातालाई प्रलोभनमा पारे नपारेको जस्ता विषयमा सूक्ष्म अनुगमन गरी तत्कालै आयोगमा जानकारी दिन सूक्ष्म अनुगमनकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले स्वतन्त्र र निष्पक्ष भएर आयोगले दिएको जिम्मेवारी सजग र सचेतका साथ निर्वाह गर्न दृढतापूर्वक निर्भीक भई काम गर्न सूक्ष्म अनुगमनकर्ताहरूलाई निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनमा एउटा सानो कमजोरी र त्रुटिबाट समग्र निर्वाचनप्रति प्रश्न उठ्न सक्ने भएकाले त्यसतर्फ सजग रही सुझबुझका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

डा. यादवले भने, ‘‘राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर प्रचार प्रसार भएको छ कि छैन, उल्लङ्घन भएको छ भने पालना गराउनुपर्छ, त्यसले मतदातालाई स्वतन्त्र भएर मतदान गर्ने वातावरण बनाउँदछ ।’’

डा. यादवले भने, ‘‘मतदान प्रक्रिया स्वस्थ हुनुपर्छ, उम्मेदवारप्रति मतदाता विश्वस्त हुनुपर्दछ, ठूलो संख्यामा मतदाताको सहभागिता बढाउने आयोगको एउटै लक्ष्य हो, त्यसैले मतदाता मैत्री वातावरण बनाउन सबैको सहयोग आवश्यक पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);