मालिक हुने कि दमन हुने त्यो जनताको हातमा छः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

मालिक हुने कि दमन हुने त्यो जनताको हातमा छः प्रधानमन्त्री देउवा

deuba

काठमाडौँ, १३ मंसिर। प्रधानमन्त्री एवम् कांग्रेस सभापती शेरबहादुर देउवाले धानमन्त्री देउवाले कम्युनिष्ट लशासन आए बोल्न–लेख्न नपाइने र आफुमाथि अन्याय हुँदा पनि अन्याय भयो भनेर समेत भन्न नपाइने बताएका छन्।

उनले प्रजातन्त्र ल्याएर जनतालाई मालिक बनाउने कांग्रेस रोज्ने कि कम्युनिष्ट दमनको शासनमा अधिकारविहीन हुने जनताको हातमा रहेको प्रस्ट्याएका छन्।

स्याङ्जाको वालिङ बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रजातान्कि माहोल खोज्ने कि कम्युनिष्ट शासनबाट दमन हुने भन्ने प्रश्न जनता सामु राखेका थिए।

डर–त्रास र आतंकमा पिल्सिने शासन नरोज्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि लोकतान्कि पार्टी कांग्रेसलाई जिताउन सबै जनता एक हुनुपर्नेमा जोड दिए।