असोज २ गते तराईका आठ जिल्लामा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

असोज २ गते तराईका आठ जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ, ३० भदौ । असोज २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषदको यही भदौ २६ गतेको बैठकले निर्वाचनका लागि आठ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

तराईका आठ जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि विदा दिइएको हो ।

गृहमन्त्रालयले जारी गरेको सूचना जस्ताको तस्तै:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);