कञ्चनपुरमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा अश्रुग्यास प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुरमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा अश्रुग्यास प्रहार

स्थानीय प्रशासनले साँझ ८ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा –

भीमदत्तनगर, ३० भदौ । कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्द हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।

प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।

गत आइतबार स्थानीय महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्द विद्यालयबाट बेपत्ता भएका थिए । प्रहरीले उनको शव बुधबार राति हल्दुखाल नजिकैको खोलामा भेटाएको थियो ।

चन्दको हत्यामा संलग्न रहेको आशंकामा उनकै साथी आशिष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले चन्दको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हत्यामा संलग्न अधिकारीको घरमा आज स्थानीयवासीले तोडफोड गरेका छन् । उनीहरुले अधिकारीको गोठमा आगजनीसमेत गरेका छन् ।

अहिले हल्दुखाल क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले साँझ ८ बजेसम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

चन्दको कानमा लगाएका सुनको मुन्द्राको लोभमा अधिकारीले उनको हत्या गरेको खुलेको छ । चन्दका सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);