ससुराली घरबाट गाउँपालिका अध्यक्षको अपहरण | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

रोल्पा, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वडा नम्बर २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।

शनिबार आयोजित थवाङमा गाउँसभा उदघाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको प्रहरीले पुष्टि गरेको छ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा (कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा) गठबन्धनलाई हराउँदै निर्वाचित भएका थिए।