फेरी देखियो स्वाइन फ्लू, काभ्रेमा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

काभ्रे, ३० भदौ । स्वाइन फ्लूका कारण काभ्रेको पनौतीमा एक जनाको मृत्यु भएको छ।

केही दिनअघि विभिन्न धार्मिक स्थलको यात्रा सकेर घर फर्कीएकी चाँदनी नेवा सुख्खा खोकी लाग्ने र बान्ता भएपछि क्रोनिक निमोनिया भएको आशंकामा गएको शनिबार धुलिखेल अस्पताल भर्ना भएकी थिईन्। तर अस्पतालले भने ज्यान जानुको मुख्य कारण स्वाइनफ्लू भएको जनाएको छ।

आमा चन्द्रलक्ष्मी ताम्राकार सँगै अस्पताल भर्ना भएकी नेवाको ज्यान गए पनि आमा चन्द्रलक्ष्मीको अवस्था भने सामान्य रहेको छ। स्वाइन फ्लूबाट नेवाको ज्यान गएपछि नेवाको बासस्थान पनौती तरकारी बजार वरपरका बासिन्दा स्वाइन फ्लूको त्रासमा छन्।

ताजा समाचार