(अपडेट) गाउँपालिका अध्यक्षको अपहरण, श्रीमती जंगलमा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

(अपडेट) गाउँपालिका अध्यक्षको अपहरण, श्रीमती जंगलमा फेला

Dhir_bahadur_shahi

दैलेख, ६ पुस । दैलेखस्थित ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला शाही जंगलमा फेला पर्नु भएको छ  तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

शनिबार राति ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ श्रीपाटामा रहेको घरबाटै उहाँहरु अपहरणमा पर्नुभएको हो । एक दर्जन भन्दा बढिको संख्यामा आएका अज्ञात समुहले अपहरण गरेको उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिनुभयो । अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएपनि पुष्टि हुन नसकेको उहाँको भनाई थियो ।

यसअघि गाउँपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि विप्लव समूहका कार्यकर्ताहरुले अपहरण गरेर केही दिनपछि छाडेको र अध्यक्षलाई पनि सोही समूहले अपहरण गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);