जाजरकोट, ९ मंसिर। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जाजरकोटमा एमालेबाट निर्वाचित वडाध्यक्षलाई अपहरण गरेका छन्।
चुनाव प्रचार प्रसारमा लागेको भन्दै कुसे गाउँपालिका वडा नं १ बाट निर्वाचित गोपाल नेपाली शनिबार बिहान २ बजेतिर सोही वडाको स्यांग्री भन्ने स्थानबाट अपरहरणमा परेका हुन्।
अध्यक्ष सहित ६ जना कार्यकर्ता अपहरणमा परेको प्रहरीले जानकारी दिएको छ। तर नेकपाका जिल्ला संयोजक हरिचन्द्र जैसी अनुकुलले नेपालीलाई आफूले अपहरण नगरेको बताए । अरु कुनै पार्टीका सदस्यले उक्त अपहरण गरेको भएपनि आफुलाई थाहा नभएको उनले बताएका छन्।




