सांसद बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनाल विरुद्ध उजुरी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सांसद बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनाल विरुद्ध उजुरी दर्ता

rastriya manab adhikar aayog

काठमाडौं, १९ वैशाख । सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको आरोप लगाउदै उनीहरुविरुद्ध उजुरी दिएका हुन् । महानगरिय प्रहरी परिसर टेकु र सरकारी वकिल कार्यालयले उजुरी लिन अस्वीकार गरेपछि मानवअधिकार आयोगमा उजूरी परेको हो ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको अभियोगमा उजुरी दर्ता दर्ता भएको छ । जनता समाजवादी पार्टीले सांसद डा. सुरेन्द्र यादललाई अपहरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको छ । यसअघि प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा.यादवलाई अपहरण गरेको भन्दै उजुरी दर्ता भएको हो ।

जनता समाजवादीले अपहरण तथा शरीर बन्धकसम्बन्धी आरोप लगाउदै मानवअधिकार आयोगमा उजुरी दर्ता भएकोहो । पार्टी फुटाउने उद्देश्यले नेकपा नेताहरुले जनकपुरमा रहेका आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप समाजवादी पार्टीले लगाउँदै आएको छ । कानुन विज्ञहरुले व्यक्तिको पद तथा ओहोदाको बलमा गलत कदम उठाइएको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टीले यस अघि सरकारी वकिलको कार्यालय र प्रहरी परिसर टेकुमा उजुरी दिन गएपछि उजुरी दर्ता नभएपछि मानव अधिकार आयोग पुगेको हो । आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए नभएको विषयमा आयोगले अनुसन्धान गनुपर्ने मानवअधिकारवादीहरुको भनाइ छ ।

सरकारले अध्यादेश जारी गरेपछि तरंगित बनेको सांसद अपहरणको आरोपले नेपाली राजनीति अझै तातिरहेको छ । सरकारको संरक्षणमा राज्यका उपल्लो तहका व्यक्तिको प्रत्यक्ष संलग्नतामा अपहरण गरिएको आरोप लगाइएको छ । लगाइएको आरोपको सत्यतथ्य बाहिर ल्याउन मानव अधिकार आयोगले छिट्टै गर्न सकेमा यो समस्याको निदान हुन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);