सुरेन्द्र यादवको अपहरणसम्बन्धी जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुरेन्द्र यादवको अपहरणसम्बन्धी जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता

sarkari okil

काठमाडौं, २२ वैशाख । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी जाहेरी दर्ता गरेको छ । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सोमवार उजुरी दर्ता भएको हो ।

यसअघि अध्ययनका लागि केही समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले उजुरी लिएको थिएन् । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले सोमबार डाक्टर यादवको उजुरी दर्ता भएको बताउनुभयो । उहाँले प्रहरीले जाहेरी लिन नमानेपछि कानूनअनुसार सरकारी वकिल कार्यालयमा दर्ता भएको बताउनुभयो ।

सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी आवश्यक कारवाहीका लागि प्रहरीमा पठाउनुपर्ने कानूनी प्रावधान अनुसार उजुरी प्रहरीकोमा पठाइनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ ।

उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।

यसअघि डाक्टर यादव लगायतका नेताहरु सरकारी वकिलको कार्यालय पुगेपनि निवदेन दर्ता भएको थिएन् । प्रहरी र सरकारी वकिल कार्यालयले निवेदन दर्ता नगरेपछि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिनुभएको थियो ।

सांसद यादवले आफूलाई बैशाख १० गते महोत्तरीबाट तीनै जनाले अपहरण गरेर काठमाडौं ल्याएको आरोप लगाउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);