नेकपा भूकम्पले चर्किएको घर जस्तै छ : लिलामणि पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेकपा भूकम्पले चर्किएको घर जस्तै छ : लिलामणि पोखरेल

lilamani pokhrel

नेकपा भित्र विवाद कायमै

काठमाडौं, २२ वैशाख । सत्तारुढ दल नेकपा आन्तरिक कलहको भूमरीबाट अझै बाहिरन सकेको छैन । शनिबार बसेको सचिवालय बैठकले विवाद समाधानको लागि केही निकास निकाले जस्तो देखिए पनि पार्टी भित्र एउटा पक्ष अझै असन्तुष्ट रहेको देखिन्छ । यसले पार्टीका नेतृत्वबीच अन्तरसंघर्ष कायमै रहेको देखिन्छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती भएको भनी आत्मआलोचना गर्दै नेता वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने तथा स्थायी कमिटी बैठक बैशाख २५ गते बस्ने भनिएपछि विवाद केही मत्थर भएको जस्तो देखिन्छ । तर सचिवालय बैठकको यो निर्णय उदारो जस्तो भन्दै २५ गते बस्ने स्थायी कमिटी बैठकले सबै विवादको टुंगो लगाउने नेकपा भित्र प्रधानमन्त्रीदेखि असन्तुष्ट पक्षधरहरु बताउँछन । नेकपा भित्र के केमा अझै असन्तुष्टि छ भन्ने सम्बन्धमा नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलसँग गरिएको कुराकानी ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णयप्रति कति सन्तुष्ट हुनुहुन्छ ?

हामीले स्थायी कमिटीको बैठक बस्नु पर्यो भनेर माग गर्दै आएका थियौं । नेकपा सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । यसको हामी स्वागत गर्छाै । अरु निर्णय तपसिलका हुन । खासै उल्लेखनीय छैन ।

उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभाको सदस्या बनाउने भन्ने पनि निर्णय छ नि ?

यो हास्यास्पद निर्णय हो । उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाइने भनिएको छ । उपयुक्त समय भनेको कहिले हो ? यो कार्यान्वयनमा आउला जस्तो लाग्दैछ । यसअघि पनि सचिवालय बैठकले राष्टिय सभाको सदस्य बनाउने भनेको थियो । खोई त्यो कार्यान्वयनमा आयो त ?

प्रधानमन्त्रीको राजीनामा प्रकरण अब सकियो ?

कम्युनिष्ट पार्टीको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गम्भीर गल्ती हो । यसबारे हामी सोच्न पनि सक्दैनौं । उहाँले गल्ती भयो भनेर आत्मालोचना गर्नु भएको छ । अब गल्ती के के हो ? गल्ती गरेपछि पार्टीले के एक्सन लिन्छ ? भन्नेबारेमा बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा हामी बुँदागत रुपमा छलफल गर्छौं । यो छलफल अघिल्ला छलफलहरु भन्दा फरक र विशेष हुन्छ ।

प्रधानमन्त्रीले आत्मालोचना गरिसकेपछि सकिइ हाल्यो नि ? फेरी छलफल जरुरी छ र ?

के गर्ने ? कसरी छलफल गर्ने भन्ने कुरा अहिले मिडियालाई भन्नु मिल्दैन । स्थायी कमिटी बैठकले छिनोफानो हुने गरी छलफल गर्छ । स्थायी कमिटी बैठकले गरेको निर्णय सरकारले मान्नेै पर्छ ।

नेकपा अहिले पार्टीको विधान अनुसार चलेको छ ?

छैन, पटक्कै छैन । विधान अनुसार नचल्दा पार्टी भित्र अराजकता बढेको छ । पार्टीको निर्देशन सरकारले मानेको छैन । सिंगो रुपमा हेर्दा नेकपा संख्याको हिसाबले बलियो जस्तो देखिए पनि नेकपा अहिले भूकम्पले जर्जर भएको घर जस्तो, चर्किएर छियाछिया भएको जस्तो भएको छ ।

भूकम्पले चर्किएको घरलाई के गर्ने त ?

गम्भीर सवाल यही हो । यसलाई रेक्टोफिटिङ गर्ने कि भत्काएर फेरी नयाँ घर बनाउने भन्नेबारेमा सोच्न जरुरी छ । ढिलो गरे भयंकर दुर्घटना हुन्छ ।

  • विस्तृत जानकारीको लागि तलको भिडियो हेर्नु होला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);