निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

nisulka internet nebisangh

काठमाडौं, २१ वैशाख । नेपाल विद्यार्थी संघले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायिन्व अन्र्तगतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो ।

नेविसंघले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग गरेको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पार्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो ।

सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शिक्षा र सञ्चार मन्त्रालयसँगको समन्वयनमा अझै केही सहुलियत दिने ठाउँ रहेको प्रबन्ध निर्देशक अधिकारीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);