सम्पादकीय : लाभले जोडेको एकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सम्पादकीय : लाभले जोडेको एकता

nekapa ekata

सम्पादकीय

काठमाडौं, २१ वैशाख । अध्यादेश जारी भएपछि सत्तारुढ दल नेकपा आन्तरिक कलहमा फसेको छ । मुलुकभित्र कोरोना महामारीको त्रासमा श्रमजीवि वर्ग भोक र रोगको सन्त्रासमा बाँच्न विवश भएको बेला, पद र प्रतिष्ठाको लागि नेकपा भित्र जुँगाको भीडन्त भएको बुझ्न कठिन छैन । भलै अहिले सचिवालयको बैठकपछि नेकपा भित्रको कलह थामथुम भएको देखिन्छ । कोरोनाको यो कहरमा आम जनता राहत र सरकारको आकर्षक प्याकेज खोजिरहेको बेला सरकार र पार्टी जनताका दैनिक समस्याप्रति अझै केन्द्रित हुन सकेको दैखिदैन ।

कम्युनिष्ट पार्टी नीति प्रधान हुन्छन्, तर, नेता प्रधानको गलत अभ्यासले ठूलो पार्टी भएर पनि नेकपा भीडमा रुपान्तरण हुदै गएको घटना र परिघटनाले पुष्टि गरेका छन् । शक्तिशाली पार्टीले जनजीविकाको पक्षमा युगान्तकारी परिवर्तन ल्याउन सक्ने भएपनि शक्तिशाली सरकार आफै रक्षात्मक बन्दै गएको छ । जनताको अथाह जनमत पाएर पनि शक्तिशाली पार्टीमा पदको होडले गिजुलिएको छ । किसान मजदुरको भरोसाले निर्माण भएको पार्टी यतिबेला सिमित घरानाहरुको पकडमा पर्दै गएको छ ।

यति होल्डिङ्गस् देखि ओम्नी गु्रुप प्रतिनिधिमूलक पात्र हुन् । यी पात्रको रेफ्रिमा शक्तिशाली कम्युनिष्ट नेतृत्व शासकीय खेल खेलिरहेको छ । यीनैको खेलको कोर्डमा नेतृत्वले सर्वहारा राजर्षी प्रवृत्ति पनि देखाएको आलोचना हुदै आएको छ । संविधानमा समाजवादमा पुग्ने सुनिश्चितता गरेर सिंहदरबार छिरेको सत्तारुढ नेकपा जनताले न्यूनतम गास बासको याचना गरिरहदा बालुवाटर, भैसेपाटी खुमलटारको कोठे बैठकले गुट उपगुटमा विभक्त भएको पुष्टि गरिदिएको छ ।

विकास र समृद्धिको संकल्प लिएर जनताको अथाह जनमत पाएको नेकपामा पछिल्लो समय भएका गुट भीडन्तले नागरिकमा निराशाको बीउ रोपेको छ । पद, प्रतिस्ठा, दम्भ, अहंकार, लोभको निम्ति रचिएको जुंगा भीडन्तले आम नागरिकलाई निराशा बनाएको छ । लामो रस्साकस्सी खेमा भीडन्तपछि एकैठाउँमा आउन परिस्थितिले जुराएको छ ।

लामो दिनको अन्तरसंघर्षपछि बालुवाटरबाट सत्तारुढ नेकपा एकढिक्का भएको सन्देश दिएको छ रुपमा यो सन्देश सकारात्मक होला नै, तर सार पक्ष हेर्दा पदीय हिसाबकिताबले एकता जोडेको हो । पद र लाभको बिलोबाट जोडिएको एकताको आयु कति लामो हुन्छ त्यो भाविले अवस्य देखाउनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);