नेकपाले वामदेवलाई शक्तिशाली नेता बनाउनै खोजेको हो त ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेकपाले वामदेवलाई शक्तिशाली नेता बनाउनै खोजेको हो त ?

राष्ट्रियसभा सदस्य हुँदै प्रधानमन्त्री बन्ने दाउमा वामदेम गौतम

काठमाडौं, ८ पुस । आगामी माघ ९ गते राष्ट्रिय सभाका एक चौंथाइ सदस्यका लागी निर्वाचन हँुदैछ । दलहरु निर्वाचनका लागी आपसी तालमेल र उम्मेदवार चयनको तयारीमा देखिन्छन् ।

उम्मेदवार चयनको तयारी भइरहँदा सत्तारुढ दल नेकपामा वामदेव गौतमले राष्ट्रिय सभा सदस्यमा जाने चाहना बढाएका छन् । दुई वर्ष अघि भएको आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि बर्दियाबाट चुनाव लड्दा पराजित भएका गौतम अहिले पार्टीको विधान संशोधन र संविधान संशोधन गरेरै भए पनि सांसद बन्न आतुर देखिएका छन् ।

सांसद बन्न वामदेवको दौड किन  ?

१८ जना सदस्य निर्वाचनमार्फत र १ जना राष्ट्रपतिले मनोनित गर्ने गरि १९ जना नयाँ सदस्यहरु राष्ट्रिय सभामा आउँदैछन् । राष्ट्रियसभाको आगामी निर्वाचन र उम्मेद्वार छनौटको तयारीमा दलहरु जुटिरहेको बेला सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक सकिएको छ ।

लगातार ७ दिन चलेको बैठकले राजनीतिक प्रतिवेदन मात्र पारित गरेन पार्टीको विधान पनि संशोधन गरेको छ । पुस २३ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुन बांकी विधान वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी संशोधन गरिएको छ।

विधान संशोधनबाट उपाध्यक्ष बनाए लगत्तै वामदेवलाई संविधान संशोधन गरेर राष्ट्रिय सभा सांसद बनाउने खेल पार्टी भित्र शुरु गरिएको छ । स्थायी कमिटी बैठकमा यो विषयलाई पनि प्राथमिकतामा राखेर उठाइएको छ ।

बर्दियाबाट निर्वाचनमा पराजय भोगेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री भइसकेका नेकपाका नेता वामदेव गौतमका लागि नेकपाले किन विधान नै परिवर्तन गरि उपाध्यक्ष बनाउने निर्णय गर्यो ? पार्टी भित्र गंम्भीर विषय बनिरहेको छ ।

उपाध्यक्ष बनाउन विधान परिवर्तन गरे लगत्तै सांसद बन्न संविधान परिवर्तनको कुरा पनि सम्पन्न स्थायी कमिटी बैठकमा जोडतोडका साथ उठाइएको छ । मुलुककै ठूलो सत्तारुढ दल नेकपाले दुई तिहाई बढीको बहुमतमा सरकार चलाई रहेको छ ।

शक्तिशाली सरकारको शक्तिशाली पार्टीले वामदेवलाई पनि शक्तिशाली बनाउनै खोजेको हो त ? राजनीतिमा चाँसो राख्ने आम सचेत नागरिकमा जिज्ञासा बढिरहेको छ ।

पूर्वएमाले र पूर्वमाओवादीबीचको बढ्दो शक्ति सन्तुलनको लागि वामदेवलाई उभ्याइँदै

राजनीतिक विश्लेषकहरुको बुझाइमा भने नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादीबीचको बढ्दो शक्ति सन्तुलनको लागि वामदेवलाई उभ्याइँदै छ । नेकपा भित्र अध्यक्ष प्रचण्डको बढ्दो महत्वाकांक्षालाई नियन्त्रण गर्न वामदेवलाई संसदमा उभ्याउन खोजिएको राजनीतिक विश्लेषण गर्न थालिएको छ ।

कतिपयको बुझाइमा वामदेवले प्रधानमन्त्री बन्ने लोभमा विधान संशोधन हुँदै संविधान संशोधनको खेलमा लागेको बताइ रहेका छन् । संघीयता कार्यान्वयनमा आएर संघीय सरकार गठन भएको भर्खर दुइ बर्ष नबित्दै संबिधान नै संशोधन गरेर तत्कालै राष्ट्रिय सभा सदस्य बन्न खोज्नु उपयुक्त नहुने बरिष्ठ अधिबक्ता एबम् संबिधानबिद् डाक्टर चन्द्रकान्त ज्ञवालीको सुझाब छ ।

गाैतमकाे प्रधानमन्त्री बन्ने सपना

नेकपा भित्र प्रभावशाली नेताका रुपमा  गौतम चिनिन्छन् । तर, पछिल्लो समय गौतम राज्यसत्ता र पार्टीसत्ता दुबैबाट टाढा छन् । कारण, दुई वर्ष अघि भएको आमनिर्वाचनमा पार्टी भित्रको अन्तर्घातले निर्वाचनमा तल्ला तहका नेता कार्यकर्ताले जित्दा उपल्लो तहका गौतमले मात्र निर्वाचनमा पराजय भोगे ।

यसको बदलामा गौतम कुनै पनि हालतमा पार्टी सत्ता हुँदै राज्य सत्तामा गई प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । यो सपना पूरा हुन संविधान बाधक बनेको छ ।

संविधानमा प्रतिनिधि सभाको सदस्य मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । संबिधानको धारा ९१ को उपधारा १ मा भने प्रधानमन्त्री बन्नका प्रतिनिधि सभा सदस्य हुन आवश्यक छ । धारा ९१ को उपधारा ९ मा राष्ट्रिय सभा सदस्य उपप्रधानमन्त्री मात्र बन्न पाउने व्यवस्था छ । यही व्यवस्थालाई परिवर्तन गरी  राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था लागू गर्न वामदेव गौतम जोडबलले लागेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);