‘हेडलाइनकारिता’का कारण नेपालकाे पत्रकारीता क्षेत्र समस्याग्रस्त : मन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘हेडलाइनकारिता’का कारण नेपालकाे पत्रकारीता क्षेत्र समस्याग्रस्त : मन्त्री बास्कोटा

gokulprasad-baskota

काठमाडौं, ८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारीता क्षेत्र समस्याग्रस्त बनेको बताउनुभएको छ ।

विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक माथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले यस्तो बताउनुभएको हो । मन्त्री बस्कोटाले तथ्य र प्रमाणबिना समाचार लेख्ने प्रवृति र ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताउनुभएको हो ।

तथ्यबिना लेखिएका समाचारहरुमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उहाँले बताउनुभयो । पीडित पक्षले पनि स्पष्टिकरण दिने ठाउँ समेत नदिने र पुष्टि नभएका समाचार लेख्नेहरुलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको बताउनुभयो ।

विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरेको बास्कोटाले दावी गर्नुभएको छ । ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कल्पना गर्न सक्दैनौँ । नेपालको संविधानलाई टेकेर बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन’, बास्कोटाले भन्नुभयो ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै हो । त्यो व्यक्तिगत रुपमा प्रकट हुने कुरा हो ।’

बास्कोटाले अरुको सबै कुरा पारदर्शी खोज्नेले आफुलाई पारदर्शी राख्नुपर्ने बताउनुभएको छ । ७ लाखप्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरु बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रेस काउन्सिलले गरेको वर्गिकरणको सन्दर्भमा धेरैले आपत्ति जनाउने गरेको तर कति प्रति छापियो, कतिले पढे ? भन्ने कुरा अनुगमन गर्न जाँदा लुकाउने प्रवृति रहेको उहाँले बताउनुभयो ।

विधेयकमा व्यवस्था गरिएको सजायका विषयमा बास्कोटाले अदालतको न्याय प्रणाली ढिला भएकाले प्रारम्भिक चरणका मुद्धाहरु काउन्सिलबाट नै समाधान गरिनुपर्ने मत राख्नुभएको छ । ‘कहिले पेशी भनेको छ कहिले के भनेको छ । जेरी जस्तो घुमेको छ घुमेको छ । मान्छेको प्राण सकिएपछि आएको फैसलाले के हुन्छ ? त्यसैले प्रारम्भिक चरणमा केही कुरा काउन्सिलमा जानुपर्छ’ उहाँले भन्नुभयो ।

काउन्सिलका पदाधिकारी नियुक्ति र संख्याको विषयमा छलफल गर्न सकिने भन्दै बास्कोटाले समिति पारदर्शी र राम्रो बन्नेमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);