प्रधानमन्त्रीले अपमान गरेको भन्दै उपप्रधानमन्त्री यादव र मन्त्री राईको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्रीले अपमान गरेको भन्दै उपप्रधानमन्त्री यादव र मन्त्री राईको राजीनामा

Upendra-Yadav-Mohammad-Ishtiyaq-Rai

काठमाडौं, ९ पुस । समाजवादी पार्टी नेपाल डेढ वर्षमै सरकारबाट बाहिरिएको छ । उपप्रधानमन्त्री तथा कानुनमन्त्री रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सहरी विकासमन्त्री रहेका मोहम्मद इस्तियाक राईले मंगलबार प्रधानमन्त्रीलाई राजीनामा बुझाए ।

संविधान संशोधन एजेन्डासहित १४ जेठ ०७५ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग दुईबुँदे सहमति गरेर तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविज्ञहरू सम्मिलित विज्ञ सुझाब समिति गठन गर्ने आफ्नो प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको यादवको आरोप छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);