पोखरेल र यादव उपप्रधानमन्त्री, बाँस्कोटाको बढुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पोखरेल र यादव उपप्रधानमन्त्री, बाँस्कोटाको बढुवा

काठमाडौं, १९ जेठ । सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुन: सत्तारोहण गरेको छ । २०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ ।

यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् । यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री र राई एक पटक श्रममन्त्री भएका थिए । फोरमको संलग्नतासँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । पछिल्ला सात वर्षको अधिकतम समय फोरमले जातीय र मधेसी पहिचानको आन्दोलनका नाममा सडक संघर्षमा बिताएको थियो ।

संविधान जारी हुने बेलादेखि सुरु भएको झन्डै ६ महिना लामो मधेस आन्दोलनमा नेतृत्वसमेत गरेको दल अहिले त्यही संविधानअन्तर्गत भएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका तीनवटै निर्वाचनमा सहभागी हुँदै अन्तत: केन्द्रीय सरकारको साझेदार बन्न आइपुगेको छ । फोरमले संविधान विभेदकारी रहेको उल्लेख गर्दै संशोधनको माग राख्दै आएको छ ।

संविधान संशोधनको मागमा सत्तारूढ दल नेकपा सकारात्मक बनेपछि गत १४ मा फोरमले पनि सरकारमा सहभागी हुने औपचारिक सहमतिमा हस्ताक्षर गरेको थियो । दुईबुँदे सहमतिमा फोरमले विभिन्न आन्दोलनका क्रममा उठाएका मागको सम्बोधन गर्न आवश्यकताका आधारमा संविधान संशोधन गर्न तयार रहेको भन्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

ओली नेतृत्वको सरकारलाई फागुन अन्तिम साता नै फोरमले प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । त्यसबेला ओलीलगायत नेताले फोरमका मागमा सकारात्मक रहेको जवाफ दिएपछि फोरमले सरकारलाई समर्थन गरेको थियो । तर औपचारिक सहमति नहुँदा फोरमको सत्तारोहण लम्बिएको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);