उपेन्द्र यादव र इश्तियाक राईले दिए मन्त्रीपदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

उपेन्द्र यादव र इश्तियाक राईले दिए मन्त्रीपदबाट राजीनामा

Upendra-Yadav-Mohammad-Ishtiyaq-Rai

काठमाडौं, ८ पुस । समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । समाजवादीको मंगलवार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

पार्टीको निर्णय लगत्तै उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले पदबाट राजीनामा दिनु भएको छ ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढदल नेकपा पछि हटेको भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

यावदले संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ।

यादवले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति बनाउने प्रस्ताव गर्नुभएको थियो । तर, प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

upendra rajinama

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);