राष्ट्रिय सभाका एक सदस्यका लागि मनोनयन दर्ता आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभाका एक सदस्यका लागि मनोनयन दर्ता आज

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो ।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा माघ २५ गते उपनिर्वाचन हुने भएको छ ।

उपनिर्वाचनको मिति लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले तय गरेको हो । सदस्यको लागि नेपाली कांग्रेस र सत्तारुढ दलबाट नेकपा एमालेलले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले तीनजना वीरकेशरी गौतम, माधवप्रसाद आचार्य र अरुणप्रकाश राठौरको नाम सिफारिस गरेको छ ।

त्यस्तै, एमालेले केन्द्रीय सदस्य कुमार दशौदीलाई उम्मेदवार बनाउने भएको छ । आज उम्मेदवारी दर्ता, माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी जाँचबुुझ गरिने र माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यतालिका छ । राष्ट्रिय सांसद छान्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन् । सो प्रदेशमा ३०५ जना मतदाता छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);