बुधबार घर गृहस्थ कार्य उत्तम, हेर्नुहोस् आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुधबार घर गृहस्थ कार्य उत्तम, हेर्नुहोस् आजको राशिफल

काठमाडौं । २० पुस बुधबार, २०७९ । तद्नुसार जनवरी ४ तारिक २०२३ । पौषशुक्ल त्रयोदशी, कौलव करण, रोहिणी नक्षत्र, शुभ योग, चन्द्रमा वृष राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः५६ र सूर्यास्त ५ः२२ मा हुनेछ । बुधबार घर गृहस्थ सम्बन्धी कार्य गर्नु उत्तम हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आर्थिक कारोबार र ऋण लिनका लागि आजको दिन उपयुक्त रहेको छ । यात्राका लागि दिन शुभ रहेको छ । अचल सम्पत्तिका लागि कारोबार नगर्नुहोला । उत्तर दिशा फर्केर यात्रा गर्दा अशुभ हुनेछ ।

आजको राशिफल
मेष
मेष राशिका जातकका लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । आज नयाँ कामको थालनी समेत हुनेछ ।

वृष
आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थको बारेमा आफन्तसँग विवाद हुनसक्छ ।

मिथुन
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनका काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । नियमित कामबाहेक अन्य काममा चासो नदिनु वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।

कर्कट
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै वेश हुनेछ । नियमित काम मात्र गर्नुहोला ।

सिंह
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । कुमारी कन्यालाई भोजनको व्यवस्था गरिदिनुहोला ।

तुला
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।

धनु
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । कन्यालाई भोजन र दान दिनुभएकामा उन्नती र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ ।

मकर
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।

कुम्भ
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफूबसेको स्थान नजिकको मठमन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईको कामको अबमूल्यन गर्नसक्छ । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।

मीन
बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राका लागि अवसर आउनसक्छ । तपाईले सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ । तपाईको आज सोचअनुसार काम हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);