लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी, मतपरिणाम आजै आउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी, मतपरिणाम आजै आउने

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभामा रिक्त सदस्यका लागि उपनिर्वाचनको मतदान जारी रहेको छ ।

राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका थिए।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने भएको हो । क, ख र ग मतदान केन्द्रमध्ये ग कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र हो । राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको र आजै मतपरिणाम आउने बताइएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि पद रिक्त थियो । जसमा नेकपा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ ।

यस्तै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीर्घनारायण पाण्डे उम्मेदवार हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेका छन् ।

पाण्डे हालै नेकपा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्को थियो । लुम्बिनीमा ८३ प्रदेश सभा सदस्य छन् । निर्वाचन आयोगले आइतबार अपरान्ह जसपाका ४ जना सांसदलाई पुरक मतदानको अधिकार दिएको थियो । यो निर्वाचनमा एकजना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);