नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान बहिस्कार गरे | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान बहिस्कार गरे

दाङ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले आज भइरहेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् ।

राणाले सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदाननगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

‘आजहुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको र मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अवस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!, ‘ उनले भनेका छन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ । उपनिर्वाचन मतदानको नतिजाआजै नै आउने भएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);