लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा उपनिर्वाचनको मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा उपनिर्वाचनको मतदान हुँदै

दाङ। आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ ।

रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज निर्वाचन हुन लागेको हो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्यक्रम रहेको र सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

क, ख र ग मतदान केन्द्रमध्ये ग कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र हो । राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको छ ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि पद रिक्त थियो । जसमा नेकपा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ ।

उनलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ । यस्तै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीर्घनारायण पाण्डे उम्मेदवार छन् । उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेका छन् ।

पाण्डे हालै नेकपा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गरेकाे थिए । लुम्बिनीमा ८३ प्रदेश सभा सदस्य छन् । निर्वाचन आयोगले आइतबार अपरान्ह जसपाका ४ जना सांसदलाई पुरक मतदानको अधिकार दिएको थियो।

यो निर्वाचनमा एकजना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);