अब काठमाडौँका यी ठाउँमा निःशुल्क इन्टरनेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौ, ९ भदौ । सकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई बर्षसम्मका लागि निशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडी बढाएको छ।

 

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडी बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ।

 

प्राधिकरणले सो क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क विस्तार गर्न इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिन सक्ने गरी ४ भदौमा सूचना निकालेको छ।

 

सार्वजनिक स्थल तथा महत्वपूर्ण क्षेत्रहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने नीतिअनुसार यो प्रक्रिया सुरू भएको प्राधिकरणले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);