नेकपा भित्रको विवाद किन अझै साम्य हुन सकेन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा भित्रको विवाद किन अझै साम्य हुन सकेन ?

madhavnepal-nekapa

काठमाडौं, ७ कात्तिक । कात्तिक ५ गते बसेको नेकपा सचिवालय वैठकको मुल मुद्दा नै वरिष्ठ नेता माधव नेपालको असहमति पत्रकावारेमा थियो । बैठकले नेता नेपालको प्रस्तावलाई ठाडै अस्वीकृति गरिदिएको थियो ।

नेता नेपालले आफ्नो अनुपस्थितिमा बसेको पार्टी बैठकले सातै वटा प्रदेशको इन्चार्ज र सहइन्चार्ज तोकेको विषयमा कडा आपत्ति जनाउँदै पार्टी भित्र लिखित रुपमै असहमति दर्ता गराएका थिए ।

नेता नेपालले एक व्यक्ति एक पद हुनु पर्ने अडान राख्दै आएका छन् । तर बैठकले नेता नेपालको दुबै प्रस्तावको सुनुवाई गरेन । पार्टीले यस अघि तोकेको इन्चार्ज, सहइन्चार्जलाई नै यथावतै राख्ने निर्णय गरयो ।

पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले दिएको राजीनामा पनी अस्विकृत गर्यो । रामवीर मानन्धरको राजीनामाको बारेमा बहस गर्न आवस्यक छैन भन्दै उनले दिएको राजीनामा पनि स्विकार भएन ।

सचिवालय बैठकले गरेको निर्णयप्रति बरिष्ठ नेता माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले असहमति जनाउँदै नोट अफ डिसेन्ट नै लेखे । त्यसका बावजुद सचिवालयको बैठकपछि पार्टीका एकथरी नेताले अब बिबाद अन्त्य भएको भनी बताएका छन भने अर्का थरी नेताले विवाद कायमै रहेको बताउंँदै आएका छन् । नेता अग्नि सापकोटा अब पार्टी भित्र विवाद नरहेको बताउँछन् ।

सचिवालय बैठकको निर्णयप्रति वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरु असन्तुष्ट नै छन् । बैठकले माधव नेपालको लिखित असहमतिलाई चित्तबुझ्दो सम्बोधन नगरेकाले बिबाद कायमै रहेको उनीहरु बताउँंछन् ।

यसैबीच नेकपा स्थायी समिति बैठक आगामी कार्तिक १२ र १३ गते बस्दैछ । सचिवालय बैठकले सम्बोधन नगरेको विषयलाई स्थायी कमिटिको बैठकमा जोडदार रुपमा उठाउने तयारीमा माधव नेपाल पक्षधर नेताहरु देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);