व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टी 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टी भित्र असन्तुष्टी बढेको छ । 

माओवादीका केही नेताहरुले पार्टीको निर्णयप्रति असन्तुष्टी जनाउँदै गम्भिर असहमति प्रकट गरेका छन् । ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत असन्तुष्टी जनाएका छन् । 

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने र संशोधन नगरे संसदमा हुने मतदानमा विपक्षमा मतदान गर्ने अडान माओवादीको थियो । 

तर, एमसीसीकै कारण सत्ताबाट बाहिरिनु पर्ने अवस्था आएपछि माओवादीको आइतबार विहान बसेको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ  र गलत छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।  
माओवादी केन्द्रका अर्का नेता लीलामणि पोखरेलले व्याख्यात्मक घषणासहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् । 

पार्टीको निर्णयपछि न्युज कारखानासँग कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने उनले बताए । 

‘एमसीसीमा ब्याख्यात्मक घोषणासहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्छ । यो ब्याख्याले सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा हुँदैन,’ पोखरेलले भने ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);