भावुक हुँदै बिदा भए एमालेहरु पेरिसडाँडाबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भावुक हुँदै बिदा भए एमालेहरु पेरिसडाँडाबाट

काठमाडाैं, २४ फागुन । ३ बजे सुरु भएको दाहाल–नेपालको बैठक सात बजे छुट्टिने अवस्थामा पुग्यो । त्यहाँ औपचारिक रुपमा अलग हुने भावुक शब्दको साटासाट भयो ।

दाहाल–नेपालको अध्यक्ष माधव नेपालले सबैभन्दा बढी भावुक भाषण गरेका थिए । स्थायी कमिटी सदस्य पेशल खतिवडाका अनुसार माधव नेपालले भयंकर भावुक भाषण गरे । स्रोतका अनुसारले नेता नेपालले आफूहरु झगडा गरेको नभइ सल्लाहमै अलग भएको बताए । अब मंगलबार देखि नेकपा माओवादी केन्द्रका नेताहरु पेरिसडाँडामा जम्मा हुनेछन् भने नेकपा एमालेका नेताहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा जम्मा हुनेछन् ।

नेता नेपाललाई जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहालले आफूहरु बीचको सहकार्य जारी रहने बताए । सबै स्थायी कमिटी सदस्यहरुले हालसम्म एक भएर जान सकेकोमा दुबै अध्यक्षलाई धन्यवाद दिए । बैठकपछि नेता दाहाल र नेपालले धेरै बेर कसिलो हात मिलाए । तर उनीहरुको अनुहार भने मलिन थियो ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पूर्व दुई पार्टी अलग अलग भएर जाने निर्णय गरेको गरेको हो । अलग अलग भएर जानु भनेको २०७५ जेठ ३ अगाडिको अवस्थामा फर्किनु हो । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिता आइतबार ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिने गरी फैसला गरेको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच भएको पार्टी एकता भंग भएको छ । पार्टी एकता भंग भएसँगै नेकपा अहिले दुई फरक फरक दलको हैसियतमा फर्किएको छ । हालका लागि अलगअलग अघि बढ्ने निर्णय भएको नेता माधवकुमार नेपालले बताए ।

त्यस्तैगरी स्थायी कमिटीको निर्णय अनुसार आफूहरु अघि बढ्ने नेता नारायणकाजी श्रेष्ठको भनाई छ ।

दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्व अवस्थामा फर्किने निर्णय गरेसँग माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल लगायतका नेताहरुले तत्कालीन नेकपा एमालेमा नै संघर्ष गर्नु पर्नेछ भने ओली नेतृत्वको सरकारमा सहभागी भएका तत्कालीन नेकपा माओवादी केन्द्रका मन्त्रीहरुको मन्त्री पदको भविष्य के हन्छ भन्ने अन्योलको विषय बनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);