महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिन प्रहरीद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिन प्रहरीद्वारा अस्वीकार

apagaran 1

काठमाडौं, १४ वैशाख । प्रहरीले नेकपाका सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ ।

आफ्ना सांसद सुरेन्द्र यादव गरेको भन्दै जाहेरी दर्ता गर्न आइतबार महानगरीय प्रहरी परिसर टेकु पुगेका जनता समाजवादी पार्टी नेपालका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो सहितको टोली जाहेरी दर्ता नभएपछि फर्किएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा दर्ता गर्न नसकिने भन्दै जहाँ जानु छ जानुस भन्दै जाहेरी लिन अस्वीकार गरेको नेताहरुले बताएका छन् ।

कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताएका छन् । परिसर प्रमुख कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने भन्दै महोत्तरी घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् । जोहरी दर्ता नभएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो मुद्दामा जाहेरी नदिँदा समेत राज्यले नै अनुसन्धान गर्नुपर्ने टिप्पणी गर्नु भएको छ ।

पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले बैशाख १० गते महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । तत्कालीन समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै आएका छन् । संसद यादवले पनि आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिनु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);