लकडाउन वैशाख २५ गतेसम्म लम्बाउने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लकडाउन वैशाख २५ गतेसम्म लम्बाउने सरकारको निर्णय

lockdown

काठमाडौं, १४ वैशाख । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।तर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

आइतबार नै बैठकले अन्तर्राष्टिय सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ । बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

इपिएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

पहिलो पटक सरकारले चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ताका लागि लक डाउन घोषणा गरेको थियो । त्यपछि पटक पटक समय थप हुँदै वैशाख १५ गतेसम्म पु¥याइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);