वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

lockdown

काठमाडौं, २ वैशाख । विश्वभर फैलिएको कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले पहिलो पटक गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्यसैगरी चैत १७ गतेको मन्त्रिपरिषद बैठकले लकडाउन २५ गतेसम्म लम्व्याएको थियो भने चैत २४ गते सरकारले लकडाउनलाई बैशाख ३ गतेसम्म जारी राख्ने निर्णय गरेको थियो ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ । त्यस्तै १९ लाख २३ हजार संक्रमित हुँदा ४ लाख ४४ हजार निको भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);