बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

lockdown

काठमाडौं, २४ चैत । सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले पहिलोपटक चैत ११ गतेदेखि १८ गतेसम्म देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । त्यसलाई निरन्तरता दिदै सरकारले दोस्रोपटक १७ गते चैत २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले सोमबारनै बैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद बैठकले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहनु भएका अधिकारीलाई सरकारले गभर्नरमा नियुक्त गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);