देशभरका १० स्थानबाट कोरोनाको नमुना परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभरका १० स्थानबाट कोरोनाको नमुना परीक्षण सुरु

mantralaya patrakar sammelan

काठमाडौं, २४ चैत । सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाले काठमाडौं उपत्यकामा १२ सहित मुलकभर १ सय ७ जना आइसोलेसनमा रहेका जानकारी दिनु भयो । देवकोटाका अनुसार अहिले देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);