लकडाउनको समय लम्ब्याउने विषयमा मन्त्रिपरिषद् बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लकडाउनको समय लम्ब्याउने विषयमा मन्त्रिपरिषद् बैठक बस्दै

lockdown

काठमाडौं, २ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सरकारले तेस्रो पटक थप गरेको लकडाउनको समयावधि बुधबार सहिने भएपछि आज बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको अवधि लम्ब्याउने तथा अन्य अरू नियमित प्रस्तावमाथि पनि छलफल गर्ने बताइएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले एकसाता लम्ब्याउन सकिने बताइएको छ । सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

त्यस्तै चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठदिन थपेर चैत २५ गतेसम्म पु‍¥याएको थियो भने सुदूरपश्चिम प्रदेशमा एकसाथ तीनजना संक्रपमत फेला परेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठदिन लम्ब्याउने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);