गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरण मुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरण मुक्त

Dhir_bahadur_shahi

काठमाडौं, ७ पुस । दैलेखस्थित ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरण मुक्त हुनुभएको छ ।

शनिबार राति आफ्नै निवासमा सुतिरेहको अवस्थामा अपहणमा पर्नुभएका शाही कालिकोटको शुभकालिका गाउँपलिकाको जंगलमा फेला पर्नुभएको हो ।

प्रहरीले विप्लव कार्यकर्ताहरुको बीचबाट उहाँलाई अपहरण मुक्त गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । थकित अवस्थामा फेला पर्नुभएका अध्यक्ष शाहीलाई दैलेखतर्फ ल्याइएको छ ।

आइतबार अध्यक्ष शाहीकी श्रीमती इलालाई समेत उक्त समूहले अपहरण गरेर जंगलमा छाडेको थियो ।