नेपालको शैक्षिक क्षेत्र पनि पर्यटन विकासका लागि महत्वपूर्ण : मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नेपालको शैक्षिक क्षेत्र पनि पर्यटन विकासका लागि महत्वपूर्ण : मन्त्री भट्टराई

mantri bhattarai-sikshya

काठमाडौं, ६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको शैक्षिक क्षेत्र पनि पर्यटन विकासका लागि महत्वपूर्ण भएको बताउनुभएको छ ।  शैक्षिक संगठनका पदाधिकारीहरुसँग आइतबार पर्यटन वोर्डमा कुरा गर्दै पर्यटन वर्ष २०२० मा पर्यटक भित्र्याउन शैक्षिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।

मन्त्री भट्टराईले नेपालको पर्यटन क्षेत्रको विकासका लागि १० वर्षको अभियान सञ्चालन गरिएको र त्यसका लागि दर्जनौ सेमिनारहरु गर्ने बताउनुभयो । त्यसमा शैक्षिक क्षेत्रको योगदान रहने उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० को उद्घाटन जनवरी १ का दिन हुने भएकोले उत्साहजनक सहभागिता जनाउन शैक्षिक संगठनहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले पर्यटन वर्षको उद्घाटन कार्यक्रमका विषयमा विभिन्न शैक्षिक संगठनका पदाधिकारीहरुसँग छलफल गर्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);