नेकपा बैठकमा आज दाहाल र पौडेलले जवाफ दिने कार्यतालिका | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

नेकपा बैठकमा आज दाहाल र पौडेलले जवाफ दिने कार्यतालिका

nekapa baithak

काठमाडौं, ६ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिटी बैठक आजपनि जारी छ । पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनका बारेमा स्थायी कमिटीका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्य नसकिएपछि बैठक आजपनि बसेको हो ।

शनिबारको बैठकमा जवाफ दिने क्रममा दाहालले स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता प्रदान गर्न र तीनै तहको सरकारलाई प्रभावकारी बनाइ देशलाई सही दिशामा अघि बढाउने मद्दत पुगेको विचार राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले बैठकमा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यतालिका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);