नेकपाको स्थायी समिति बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको स्थायी समिति बैठक सुरु

nekapa

काठमाडौं, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । शनिबार बिहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो । अध्यक्ष पुष्पकमल दाहालले बैठकमा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिइरहनु भएको छ ।

मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले पार्टी एकीकरण प्रक्रिया ढिलो सकिएको, सरकार प्रभावकारी हुन नसकेको जस्ता प्रश्नहरु उठाएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा भने पार्टी नेताहरू स्पष्ट दुई धारमा देखिएका छन् ।

नेताहरुको सुझाव अनुसार अध्यक्ष प्रचण्डले परिमार्जन सहितको प्रतिवेदन तयार गरेको बताइएको छ । प्रचण्डको जवाफअघि महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा आफ्नो धारणा राख्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);