कांग्रेसको चुनाव प्रचारमा लगेको गाडीमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

समाचार प्रतिनिधि तस्विर

सिरहा, ३० भदौ । सिरहामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले बिहीबार राति आगो लगाएका छन्। गोलबजार नगरपालिका–७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोले प्रयोग गर्दै आएको बीआर १ एफ १६०५ नम्बरको स्करपियो गाडीमा पेट्रोल छर्केर आगो लागाएको प्रहरीले जनाएको छ ।

आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको प्रचारप्रसारको लागि ल्याएको गाडी पूर्व पश्चिम लोकमार्गसँगै रहेको चोहर्वामा राखिएको अवस्थामा राति ९ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);